+977-1-4791963 , 4790201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

About Training

नेफ्स्कूनले साकोसहरूको सञ्चालनमा व्यावसायिकता विकासका लागि समिति, उपसमिति तथा विभिन्न पदका कर्मचारी र सदस्यका लागि विगत दुई दशक भन्दा अघिदेखि तालिम शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपालभरिका साकोसको क्षमता विकासको लागि तालिम÷शिक्षा सुलभ तरिकाबाट उपलब्ध गराउने नेफ्स्कूनको नीति अनुरूप तालिम शिक्षा कार्यक्रमलाई ३ भागमा विभाजन गरिएको छ

आधारभूत तालिम

सहकारी शुरु भएको पहिलो वर्षभित्रै लिन आवश्यक पर्ने तालिमहरू यस समुहमा राखिएको छ ।

मध्यमस्तर तालिम

संस्थागत विकासको गति लिँदै गर्दा दस करोडसम्म वासलात भएका साकोसहरू यस समुहमा राखिएका छन् ।

उच्चस्तरीय तालिम

संस्था बढ्ने क्रममा  दस करोडभन्दा बढीको वासलात पुगे पछि तथा तीन वर्षभन्दा बढी अवधिको अवस्थाको लागि आवश्यक तालिम यस समूहमा राखिएका छन् ।

आधारभूत स्तरका तालिम स्थानीय रूपमै उपलब्ध गराउनका लागि जिल्ला संघहरूको क्षमता अभिबृद्धि गराउने, मध्यमस्तरका तालिमका लागि जिल्ला संघको क्षमताको आधारमा साझेदारी गर्ने र उच्चस्तरीय तालिम नेफ्स्कूनबाट सञ्चालन गर्ने सोच लिइएको छ । स्थानीय स्तरको क्षमता विकास गर्ने क्रममा जिल्ला जिल्लामा प्रशिक्षक उत्पादन गर्न प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने र उत्पादित प्रशिक्षकलाई प्रयोगको लागि जिल्ला संघसँग समन्वय गरिने छ । संघले सशुल्क सञ्चालन गर्ने तालिमहरूलाई क्रमश आधारभूत, मध्यमस्तर र उच्चस्तरीय गरी जिल्ला संघको तालिम सञ्चालनमा विकास भएको क्षमताको आधारमा सुम्पदै जाने नीति सोच राखेको छ।

यस संघले स्वदेशमा सञ्चालन हुने बाहेक अन्तर्राष्टिय स्तरमा अन्य विभिन्न मुलुकमा सञ्चालन हुने तालिम, गोष्ठि, सेमिनार एवं अध्ययन भ्रमणका कार्यक्रमहरूको आयोजना एवं सहभागितागराउदै आएको छ । खास गरी एशियाली ऋण महासंघ, थाइल्याण्ड र कृषि बैकिंमा अन्तर्राष्टिय सहयोग एवं तालिम केन्द्र, भारतको आयोजना हुने तालिम कार्यक्रममा उल्लेख्य सहभागिता रहदै आएको छ । वंगलादेश, थाइल्याण्ड र श्रीलंकाको साकोस अभियानको अध्ययन भ्रमणको कार्यक्रमहरू पनि नियमित रूपमा सञ्चालित छन् ।